प्रीया गुरुङको 'मनको भारी' सार्वजनिक (भिडियो)
पाेखरा | भदौ १७, २०८०
पोखरा: पोखराकी गायिका प्रीया गुरुङको मनको भारी सार्वजनिक भएको छ ।
शनिबार यजम्रो इन्टरटेन्मेन्ट युटुबमार्फत उनको गीत सार्वजनिक भएको हो । ज्योती गुरुङको शब्दलाई अमित गुरुङले संगीत भरेका छन् । संगीत संयोजन समेत अमितकै हो । उक्त गीतको म्युजिक भिडियोमा प्रीयाको अभिनय रहेको छ ।
पोखराको लेकसाइड एरियामा छायाँकन गरिएको म्युजिक भिडियोलाई सन्देश गुरुङले खिचेका हुन् । कमल बहादुर गुरुङको निर्देशन र सिनेमेटोग्राफी रहेको म्युजिक भिडियोबाट प्रीया आशावादी छिन् । म्युजिक भिडियोलाई टेकमान गुरुङले सम्पादन गरेका हुन् ।
यसअघि गुरुङ गीतमा आवाज दिएकी प्रीया पछिल्लो समय सांगीतिक क्रियाकलापमा सक्रिय छिन् ।
बिग आइकन र भ्वाइस अफ नेपाल जस्तो रियालिटी शोमा समेत सहभागिता जनाएकी उनी पोखराको ओपन “सी” ब्याण्डमा आबद्ध छिन् ।
संगीतलाई नै मुख्य पेशा बनाएर नै हिँडेकी छिन् । पोखरा लगायतका आसपासका जिल्लामा भएका सांगीतिक कार्यक्रममा प्रस्तुति राख्न पुग्ने गर्छिन् । संगीतमा नै लागेर प्रीयाले हङकङको यात्रा गरिसकेकी छिन् ।
लेकसाइडको अन्नपूर्ण गार्डन रेष्टुरेण्टमा नियमित रुपमा उनको आवाज सुन्न पाइन्छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

